• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाई प्रक्रिया सुरु

काठमाडौं । प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु भएको छ ।

सिंहदरबारमा आइतबार बसेको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णयसंगै अव सार्वजनिक रुपमा उजुरी आह्वान हुनेछ ।

उजुरी दिने १० दिनको म्याद सकिएपछि जबराको संसदीय सुनुवाई हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

मङ्सिर ११ गते न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको थियो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न लागिएको हो ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर