• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तालिबान कमाण्डरलाई निशान बनाई गरिएको आक्रमणमा १२ बालबालिका परे

एजेन्सी । अफगानिस्तानको कुनर प्रान्तमा तालिबानलाई लक्षित गरी गरिएको सुरक्षाकर्मी कारबाही (हवाई आक्रमण)मा २० जना स्थानीय वासिन्दा मारिएका छन् । मारिनेमा १२ जना बालबालिका परेका छन् । 

यो कारबाही तालिबान कमाण्डरलाई लक्षित थियो । अफगानिस्तानले चीन र पाकिस्तानसँग आतंकवादी विरुद्ध सम्झौता पछि यो कारबाही गरेको छ । 

‘हवाई आक्रमणमा २० जना स्थानीय नागरिक मारिएका छन् । यो आक्रमण तालिबान कमाण्डरलाई निशाना बनाएर गरिएको थियो । शुक्रबार अबेर राति तालिबान कमाण्डर शरीफ माभियालाई निशाना बनाएर सुरक्षाकर्मीले हवाई आक्रमण गरेको थियो’, एक स्थानीय अधिकारी पुष्टि गर्दै भने । 

मृत्यु हुनेमा १२ जना बालबालिका रहेका छन् भने ८ जना महिला छन् । आक्रमणमा परी अन्य १२ स्थानीय घाइते भएका छन् । 

पछिल्लो समय अफगानिस्तानमा सुरक्षाकर्मीले तालिबान नेतालाई निशाना बनाएर पटक–पटक कारबाही गरेका छन् । देशको दक्षिणी भागमा तालिबानले आभासी सरकार चलाउने दाबी गर्दै आएको छ । गत २ डिसेम्बरका दिन भएको हवाई आक्रमणमा तालिबानको कथित गभर्नर मारिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर