नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से १८ दशमलव ८९ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ६७ को बिन्दुमा पुगेको छ । 
गतसाताको अन्तिम दिन बिहीबार नेप्से सुचक ७ अंकले उकालो लागेको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कुल १५९ कम्पनीको ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँको १४ लाख ७ हजार ५ सय ३४ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १५ करोडले बढी हो । गतसाताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँको नौ लाख ९७ हजार ६७२ कित्ता सेयर खरिदबिक्री भएका थिए ।

आज सबैभन्दा बढी छिमेक लघुवित्तको सेयर किनबेच भएको छ । कम्पनीको ५ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको ५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । 

१८ कम्पनीको सेयर घट्यो

आइतबार समग्र सुचक करिब १९ अंकले घट्दा १८ कम्पनीको सेयर भाउ घटेको छ । जसमध्ये रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भाउ उच्च अंकले घटेको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ दशमलव ४६ प्रतिशतले घटेको हो । त्यस्तै नेपाल हाइड्रो डेभलपर, अरुण भ्याली हाइड्रोको सेयर पनि ४ प्रतिशतभन्दाले बढी ले घटेको हो । 
त्यस्तै आज कारोबारमा आएका १५९ कम्पनीमध्ये १४१ कम्पनीको सेयर भने बढेको देखिन्छ । जसमध्ये मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक उच्च १० प्रतिशतले बढेको छ । त्यसैगरी, आरम्भ माइक्रोफाइनान्स र कालिका माइक्रोफाइनान्सको सेयर पनि झण्डै १० प्रतिशतले बढेको छ । 
 

उत्पादन तथा प्रशोधन बाहेकका सुचक हरियाली

आज कारोबारमा आएका अधिकांश समूहको सुचक उकालो लागेका छन् । दश समूहमध्ये उत्पादन तथा प्रशोधन समूह ८ दशमलव ४३ अंकले घटेको छ भने बाँकी समूहमा बढोत्तरी भएको छ । जसमध्ये नीर्जिवन बीमा समूहको सुचक १६७ दशमलव २१ अंकले बढेको छ । त्यस्तै जीवन बीमा समूह १३३ दशमलव ३७ अंकले, बैंकिङ समूह १७ दशमलव ७६ अंकले, होटल ३० दशमलव ३८ अंकले, विकास बैंक १० दशमलव २२ अंकले, जलविद्युत २ दशमलव ६२ अंकले, फाइनान्स ३ दशमलव १५ अंकले, लघुवित्त ३७ दशमलव ५२ र अन्य समूह ३ दशमलव ४१ अंकले बढेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर