• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

५०० भन्दा बढी कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने ५ सय ३०  कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । 

केन्द्रका  प्रवक्ता विष्णुराज लामिछानेले देशभरका कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने ५ सय ३० को कर्मचारीलाई कारोबाहीका लागि सिफारिस गरिएको जानकारी दिए । समाचार दैनिक डटमकसँग कुरा गर्दै उनले केही जिल्लाका कार्यालयहरुको रिपोर्ट आउन बाँकी रहेकाले उक्त संख्या बढ्न सक्ने बताए ।

उनका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये  समयमा कार्यालय नआउने, कार्यालय समयमा नभेटिने र कार्यालयको सामान्य अनुशासन समेत पालना नगर्ने ३६८ जना रहेका छन् । त्यस्तै कार्यालयमा पोशाक नलगाउने तथा गैरजिम्मेवार व्यवहार देखाउने  १६५ जना रहेका छन् ।

उनका अनुसार कार्यालयको सामान्य अनुशासनसमेत पालना नगर्ने कर्मचारीहरुलाई पहिलोपल्ट चेतावनी दिने, सचेत गराउने, तलब तथा बिदा कटौती गरिनेजस्ता कारवाही गर्ने गरिन्छ । तर, पटक–पटक नियम उल्लघंन गरेको भेटिए विभागिय कारबाही समेत हुनेछ । । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर