आरम्भ माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्ने

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

 माइक्रोफाइनान्सको मंसिर २८ गते बसेको १२६ औं सञ्चालक समितिको बैंठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव माइक्रोफाइनान्सको चौथो वार्षिक साधारणसभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्नेछ ।

 हाल माइक्रोफाइनन्सको ६ करोड चुक्ता पूँजी रहेको छ । कम्पनीले चुक्तापूँजीको ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ ।  हकप्रद निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ पुग्नेछ । 

आइतबार कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशत अर्थात प्रतिकित्ता ६२ रुपैयाँ बढेर ६ सय ८४ रुपैयाँ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर