• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अवैध भारुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा एकजना भारतीय नागरिकलाई अवैध भारुसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्यगेटबाट ५ लाख ६२ हजार भारुसहित भारतका ओमप्रकाश शाहलाई पक्राउ गरेको हो ।


वीरगञ्जको सीमा हुँदै भारतको रक्सौलतर्फ अवैध भारु लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

शाहलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर