• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

क्याम्पसको तालावन्दी खुल्यो, क्याम्पस प्रमुखलाई कालोमोसो

जनकपुरधाम । महिनौदेखि जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा लागेको तालाबन्दी प्रहरीले खोल्न लगाएको छ । 

महिनौसम्म विद्यार्थीहरुले ताला खोल्न नमानेपछि प्रहरीले ताला खोल्न लगाएको छ । यता आफूहरु ताला खोल्न नमानेपनि प्रहरीले बल प्रयोग गरे र ताला खोलेको विद्यार्थी कुलदीप साहले आरोप लगाए । ताला खोल्ने क्रममा विद्यार्थीहरुमाथि प्रहरीले हातपात समेत गरेको उनको आरोप छ । 

नियमित पढाईको माग गर्दै विद्यार्थीहरुले केही महिना अगाडी क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको थियो । 

समस्या समाधान गर्नका लागि सोमबार प्रहरीको रोहबरमा वार्ता हुने बताइएको छ । वार्तामा क्याम्पस प्रमुख विजयलाल दास, सहायक क्याम्पस प्रमुख रामनरेश ठाकुर लगायतको पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रह्ने राष्ट्रिय विद्यार्थी संघ राराव ईकाई कमिटीको अध्यक्ष दिनेश यादवले बताए । 

क्याम्पस प्रमुखलाई कालोमोसो

राजपा निकट राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीहरुले जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई कालोमोसो दलेका छन् । 

आईतबार राराब क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमै रहेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा कालोमोसो दलिएको हो ।

संघले लामो समयदेखि १९ सुत्रीय माग राख्दै पढाईको माग गर्दै आन्दोलन गर्दै आएको छ । क्याम्पस प्रमुख दासले वास्ता नगरेको भन्दै आक्रोसित विद्यार्थीको समुहले कार्यकक्षमै पसेर कालोमोसो दलेको विद्यार्थीहरुले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर