सेयर लगानीकर्ता सोमबारदेखि आमरण अनशन बस्ने

काठमाडौं । सेयर लगानीकर्ता पुस २ गते देखि आमरण अनशन बस्ने भएका छन् । पूँजी बजारको विकास र विस्तारसहितका १४ बुँदे माग राख्नै गत आइतबारदेखि रिले अनशनमा बसेका लगानीकर्ता सोमबारदेखि आमरण अनशन बस्ने भएका हुन् । 

लगानीकर्ताहरुले आफूले उठाएका मागप्रति सरोकारवालाले चासो नदेखाएपछि आमरण अनशन बस्ने बताएका छन् । लगानीकर्ताद्धारा जारी विज्ञप्तीमा भनिएको छ , 'रिले अनशनको सातौं दिनसम्म पनि हाम्रा माग सुनुवाई हुनुको सट्टा अर्थमन्त्रालय र विभिन्न निकायबाट झन बढी पूँजी बजार विकास र विस्तारका कामहरुलाई अवरुद्ध पार्ने प्रयास भएको छ ।' 

त्यस्तै दबाब समूहले सोमबारदेखि स्वस्फूर्त रुपमा कारोबार बन्द गर्न समेत आव्हान समेत गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर