• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:32 pm

इपिएल–ललितपुरले भैरहवालाई हरायो

काठमाडौँ । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे । भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे । बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई÷दुई विकेट लिए । जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

महिला क्रिकेट टोली स्वदेश फिर्ता, ‘मानसिक दबाबका कारण हार्यौँ’ 

  • ६ माघ, २०७५

काठमाडौं । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास क्रिकेटको उपविजेता नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । फाइनलमा नेपाल शनिबार आयोजक

अष्ट्रेलियन ओपनः विम्बल्डन च्याम्पियन कर्बर बाहिरिइन्, नाडाल क्वाटरफाइनल पुगे 

  • ६ माघ, २०७५

एजेन्सी । विम्बल्डन च्याम्पियन एन्जेलिक कर्बर अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् । आइतबार भएको खेलमा विश्व नम्बर २ कर्बर ३५ औँ वरियताकी

फ्रेन्च लिग : पीएसजीको ह्याट्रिक, गुइनग्याम्पको पोस्टमा ९ गोल

  • ६ माघ, २०७५

एजेन्सी । फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जीत निकालेको छ । नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित