• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान , राजनीतिक दस्तावेज परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौं । पार्टीको विधानमा हिन्दुराष्ट्र राख्नुपर्ने भन्दै नेपाली कांग्रेस महासमितिका सदस्यहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।

अभियान अन्तर्गत अहिलेसम्ममा ४ सय बढिले हस्ताक्षर गरिसकेका छन् । करिब १७ सय महासमिति सदस्यको सहभागिता रहेको बैठकबाट नेपाललाई हिन्दुराष्ट्रको हैसियतमा पुन फर्काउन हस्ताक्षर अभियान सुरु गरिएको एक सदस्यले जानकारी दिए । हस्ताक्षर आइतबार पार्टीसभापतिलाई बुझाउने तयारी उनीहरुको छ । कांग्रेसका केहि केन्द्रिय नेताहरुले पनि यसअघि हिन्दुराष्ट्रको पक्षमा अभिव्यक्ति दिदै आएका छन् ।

यसैविच कांग्रेसको महासमिति बैठकको बन्द सत्रमा सदस्यहरुले गुट–उपगुटबारेमा नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टीको बृहतर एकतामा जोड दिदै उनीहरुले राजनीतिक दस्तावेज परिवर्तन गर्नुपर्ने , सांगठनिक प्रतिवेदनका साथै शैलीलाई पनि रुपान्तरण गर्नुपर्नेमा पनि महासमिति सदस्यहरुले जोड दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समाचारदैनिकलाई जानकारी दिए । 

बैठकमा उपसभापति बिमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले सांगठनिक–आर्थिक नीति, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले आर्थिक नीतिसम्बन्धी प्रतिवेदन पेश गरेका छन् । महासमिति वैठक पौष ३ गतेसम्म चल्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर