सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्षमा स्मिता अधिकारी चयन

पोखरा । सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन भएका छन् ।

सदस्यहरुमा रोश्मी गुरुङ, तारा चापागाइ दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा, अनिषा श्रेष्ठ(जयन्ती) चयन भएका छन् भने गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङजाका अध्यक्ष लाई सदस्यमा राखिएको छ ।

आइतबार सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । महिला पत्रकारहरुको क्षमता अभिबृद्धि, हक हित संरक्षण लगायतमा समूह क्रियाशील रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर