• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

‘घर भएर भाडा लिएका सांसद्को सूचीमा नाम आएकोमा आश्चर्यमा छु ’ सांसद भुषाल

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य पम्फा भुसालले संसद सचिवालयबाट घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गरेको बताएकी छिन् ।

सांसद भुषालले आइतबार प्रेस विज्ञप्ति जारी गरेर संसद सचिवालयको कमजोरीको कारण आफ्नो खातामा घरभाडा वापतको रकम जम्मा भएको भन्दै संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न अनुरोध गरिसकेको बताएकी हुन् ।

‘काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ । ’ सासंद भुषालको विज्ञप्तिमा उल्लेख छ, ‘संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।’


‘राजनीतिलाई मैले निस्ठापूर्वक गरिने सामाजिक सेवाको रुपमा लिएको छु र तदनुरुप चार दशकदेखि क्रियाशील छु । यसैले आर्थिक अनुशासनका बारेमा आफूसँग जोडेर उठ्ने उठाइने प्रश्नले मलाई धेरै नै गम्भीर बनाउने गर्दछ । ’ उनको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर