• सोमबार १२-११-२०७५/Monday 03-25-2019/ 10:34 am

कांग्रेस जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र आवश्यक : कमल थापा

हिमाल जोशी , धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसले आफुलाई जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रमा जानु पर्ने बताएका छन् । 

आईतबारबाट धनगढीमा शुरु भएको राप्रपाको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले भने–‘राजा र प्रजातन्त्रवादी बिचको एकता टुटेकाले देशमा कम्युनिष्टको संख्या बढेका छन्, अब एकताका लागि संवैधानिक राजतन्त्र आवश्यक छ ।’

गाउँ गाउँमा सिंहदरबारको नारा दिएर स्थानीय निर्वाचन गराएका कम्युनिष्ट र कांग्रसले जनतालाई सिंहदरबारको सट्टा भ्रस्टाचार मात्रै दिएको उनको भनाई छ । अध्यक्ष थापाले राप्रपा संघियताको विरोधमा रहेको भन्दै दुइ ठूला पार्टीले संघियता ल्याएकाले यसको घाटापनि सोही पार्टीले बेहोर्नुपर्ने बताए ।

जनताले राष्ट्रवादी शक्ति भनेर कम्युनिस्ट पार्टीलाई दुई तिहाइका साथ विजयी गराएपनि सरकारका शुरुवाती कामबाटै जनता निराश बनेको उनको भनाई छ ।

अध्यक्ष थापाले अबको बिकल्प राप्रपा मात्रै रहेको बताए । जनताले राजसंस्था चाहेकाले अवको ५–६ बर्षभित्र राजसंस्था आउने उनले दावी गरे ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विप्लव समूहका कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पक्राउ

  • ११ चैत, २०७५

मोरङ । प्रतिवन्धीत विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गएराती  पूर्वी क्षेत्रबाट पक्राउ गरेको

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन

  • ११ चैत, २०७५

पोखरा । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ ।

कास्कीमा प्रहरीको छापा, ८० जना नेपालीसहित विदेशी पक्राउ

  • ११ चैत, २०७५

कास्की । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल