• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्पेनिस ला लिगाः सुपरस्टार मेसीको ह्याट्रिकमा बार्साको जित 

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले दोस्रो स्थानको सेभियासँग स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।

आइतबार राती लेभान्टेलाई ५–० ले हराउँदै बार्सा लिगको शिर्ष स्थानमा कायम रहँदा उसले सेभिया भन्दा तीन अंक र चौथो स्थानको रियल मड्रिड भन्दा ५ अंकको अग्रता बनाएको हो । बार्साकाे ३४ अंक हुँदा दाेस्राे स्थानकाे सेभिया र एट्लेटिकाे मड्रिडकाे समान ३१ तथा रियल मड्रिडकाे २९ अंक छ । 

लेभान्टेलाई हराउन कप्तान लियोनल मेसीले ह्याट्रिक गरे । 

लेभान्टेलाई उसैको मैदानमा हराउँदा मेसीले ४३, ४७ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ४३ औँ मिनेटमा मेसीले गोल गर्नुअघिनै लुइस सुवारेजले ३५ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाइसकेका थिए । ६० मिनेटसम्ममै ४–० ले पछि परेको लेभान्टेको पोस्टमा जेरार्ड पिकले ८८ औँ मिनेटमा पाचौँ गोल पनि प्रहार गरे । त्यतिन्जेलसम्म लेभान्टे १० खेलाडिमा सिमित भइसकेको थियो । खेल सकिन १४ मिनेट बाँकी छँदा लेभान्टेका डिफेन्डर एरिक कोबाको रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै बार्साले गत सिजन लेभान्टेसँग हारेको बदला पनि पुरा गरेको छ । गत सिजन अपराजित रहँदै लिग सक्काउने बार्साको उद्धेश्यमा लेभान्टे बाधक बनेको थियो । बार्सा लेभान्टेसँग ५–४ गोलले पराजित भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर