• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बलात्कारपछि हत्याकाे घटनामा तीनजनालाई ३२ वर्ष जेल

सुर्खेत । पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याान दोषी ठहर भएका तीनजनालाई ३२ वर्षको जेल सजाय सुनाइएको छ ।

जिल्ला अदालत सुर्खेतले रोकायाको हत्यामा पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई दोषी ठहर गरेको हो । दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिए ।  

गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो । 

जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उक्त फैसला सुनाएको हो । मृतकका हकवालाई रु एक लाख क्षतिपूर्ति भराइलिने गरी अदालतद्वारा फैसला भएको जनाइएको छ । सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट २०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर पुगेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर