• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 07:47 am

इंग्लिस प्रिमियर लिगः मैदान छिरेको १४४ सेकेण्डमै गाेल,  लिभरपुल शिर्ष स्थानमा उक्लियो,

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै लिभरपुल शिर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेष्टर सिटीले शनिबारको खेलमा इभर्टनलाई हराएपछि शिर्ष स्थानमा उक्लिन लिभरपुलका लागि जित आवश्यक थियो जसलाई सब्स्टिच्युटमा मैदान छिरेका साकिरीले लगातार दुई गोल गर्दै सम्भव बनाए ।

फाबिनोको भलीलाई सादियो मानेले २४ औँ मिनेटमा पोष्टको दिशा दिँदै गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । गोलकिपर एलिसनको गल्तिको फाइदा उठाउँदै ३३ औँ मिनेटमा म्यानयुका लागि जेसी लिंगार्डले बराबरी गोल गरे । तर खेल सकिन २० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका साकिरीले लगातार दुई गोल गरे र टिमलाई आवश्यक जित दिलाए । उनले मैदान छिरेको १४४ सेकेण्डमा पहिलो गोल गरेका थिए ।

जितसँगै १७ खेल खेलेको लिभरपुलको ४५ अंक भएको छ । म्यानचेष्टर सिटीे ४४ अंक सहित दोस्रो स्थानमा झरेको छ । म्यानयु २६ अंक सहित छैठौँ स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वकप क्रिकेट : भारतले आज वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै

  • १२ असार, २०७६

एकदिवशीय विश्वकपमा भारतले आज वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।  ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग

विश्वकपमा क्रिकेट : न्युजिल्याण्डको पहिलो हार, पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो

  • १२ असार, २०७६

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उपाधि दाबेदार राष्ट्र न्युजिल्याण्डविरुद्ध शानदार जित निकालेको

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफलाई

  • ११ असार, २०७६

कञ्चनपुर । प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएपले जितेको छ । महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमलाई ६