इंग्लिस प्रिमियर लिगः मैदान छिरेको १४४ सेकेण्डमै गाेल, लिभरपुल शिर्ष स्थानमा उक्लियो,
एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै लिभरपुल शिर्ष स्थानमा उक्लिएको हो ।
म्यानचेष्टर सिटीले शनिबारको खेलमा इभर्टनलाई हराएपछि शिर्ष स्थानमा उक्लिन लिभरपुलका लागि जित आवश्यक थियो जसलाई सब्स्टिच्युटमा मैदान छिरेका साकिरीले लगातार दुई गोल गर्दै सम्भव बनाए ।
फाबिनोको भलीलाई सादियो मानेले २४ औँ मिनेटमा पोष्टको दिशा दिँदै गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । गोलकिपर एलिसनको गल्तिको फाइदा उठाउँदै ३३ औँ मिनेटमा म्यानयुका लागि जेसी लिंगार्डले बराबरी गोल गरे । तर खेल सकिन २० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका साकिरीले लगातार दुई गोल गरे र टिमलाई आवश्यक जित दिलाए । उनले मैदान छिरेको १४४ सेकेण्डमा पहिलो गोल गरेका थिए ।
जितसँगै १७ खेल खेलेको लिभरपुलको ४५ अंक भएको छ । म्यानचेष्टर सिटीे ४४ अंक सहित दोस्रो स्थानमा झरेको छ । म्यानयु २६ अंक सहित छैठौँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस