• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इंग्लिस प्रिमियर लिगः ब्राइटनलाई हराउन चेल्सीका लागि हाजार्ड र पेद्रोले गरे गोल 

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई हराएको छ । आइतबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–१ गोलले पराजित गरेको हो । 

चेल्सीलाई जित दिलाउन इडन हजार्ड र पेड्रोले गोल गरे । पाहुना टोली चेल्सीले १७ औं मिनेटमा पेड्रोको गोलबाट अग्रता लिएको थियो । ३३ औ मिनेटमा हजार्डले अग्रता दोब्बर पारे ।

 दोश्रो हाफमा घरेलु टोलिले खेलमा फर्किने संकेत गरेपनि सफल हुन सकेन  । खेलको ६६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने कोशिस गरे । तर त्यसपछि गोल थप्न नसक्दा ब्राइटन पराजय व्यहोर्न वाध्य भयो ।  

१७ औं चरणका खेल सकिँदा चेल्सी ३७ अंक सहित चौथो स्थानमा छ । ऊ शिर्ष स्थानको लिभरपुलभन्दा ८ अंकले पछि परेको छ । पराजित ब्राइटन २१ अंकसहित १३ औं स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर