• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

साउथह्याम्प्टनसँग हार्यो आर्सनल, साउथह्याम्प्टनका कोचले किन मागे आर्सनलका कोचसँग माफी? 

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनल साउथह्याम्प्टनसँग पराजित भएको छ ।

८५ औँ मिनेटमा अस्टिनले निर्णायक गोल गरेपछि साउथह्याम्प्टनले चेल्सीमाथि ३–२ को जित निकालेको हो । ड्यानी इंग्सले २० मिनेटमै गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाएका थिए । तर २८ औँ मिनेटमा मख्तरियानले आर्सनलका लागि बराबरी गोल गरे । ड्यानी इंग्सलेनै ४४ औँ मिनेटमा फेरी गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाउन सफल भए । तर त्यसको ८ मिनेटपछि मख्तरियानले आर्सनलका लागि दोस्रो गोल गर्दै खेल २–२ को स्थितिमा पुर्याए । खेल सकिन ५ मिनेट बाँकी छँदा अस्टिनले साउथह्याम्प्टनका लागि निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । हारपछि आर्सनलले ३४ अंक सहित पाचौँ स्थानमा छ । १७ औँ स्थानमा उक्लिएको साउथह्याम्पटनको १२ अंक मात्र छ । 

यसैबीच साउथह्याम्प्टनका म्यानेजर राल्फ हासेनहटलले आर्सनलका समकक्षी उनाइ एमेरीसँग माफी मागेका छन् । खेलपछि उनाइसँग हात नमिलाएका कारण राल्फले माफी मागेका हुन । खेलको अन्तिम सिठी बजेलगत्तै राल्फ आफ्ना खेलाडिसँग खुशियाली मनाउन कुदेका थिए र पछि मात्र उनाइसँग हात मिलाएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर