फिलिपिन्सकी सुन्दरी बनिन् नयाँ मिस युनिभर्स, नेपालकी मनिता देवकोटा टप टेनसम्म पुग्न सफल 

काठमाडौं । मिस युनिभर्स २०१८ को उपाधि मिस फिलिपिन्सले जितेकी छिन् ।

थाइल्याण्डमा आज भएको मिस युनिभर्सको फाइनल प्रतियोगितामा मिस फिलिपिन्स क्याट्रियोना एलिसा ग्रेले मिस युनिभर्सको उपाधि जितेकी हुन् । एचआइभी÷एड्स एड्भोकेट २४ वर्षे ग्रेले संगीत शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । मिस साउथ अफ्रिका फर्स्ट रनर अप हुँदा मिस भेनेजुएलाले सेकेण्ड रनरअपमा चित्त बुझाइन् । 

ब्युटी पेजेन्ट्स महिला अधिकार आन्दोलनका बाधक हुन् भन्नेहरुलाई के भन्नुहुन्छ भनी सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘ब्युटी पेजेन्ट्स सुन्दरताको मात्र प्रतियोगिता होइन यो महिलाको भावना र संजेदनशिलताको पनि प्रतियोगिता हो । ब्युटी पेजेन्ट्सले म जस्तो महिलालाई आफुले देखेको सपना पुरा गर्न सहयोग गर्छ’। 

नेपालकी मनिता देवकोटा मिस युनिभर्सको टन टेनसम्म पुग्न सफल भइन् । एसिया तथा अफ्रिका क्षेत्रको तर्फबाट मनिता टपटेनका लागि छानिएकी हुन् । टप ट्वेन्टीमा परेका हरेक प्रतिस्पर्धिलाई आफ्नो बारेमा १५ सेकेण्ड बोल्न दिइएको थियो जसबाट मनिता टप टेनमा पुगेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर