• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिकी प्रतिवन्धले रिसायो उत्तर कोरिया, कोरियाली प्रायद्विपमा निशस्त्रिकरणको प्रयास विफल पार्ने चेतावनी  

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको कडा रुपमा भत्सर्ना गरेको छ ।

अमेरिकी प्रतिवन्धले रुष्ट बनेको उत्तर कोरियाले कोरियाली प्रायद्विपमा निशस्त्रिकरणका लागि भइरहेको प्रयास सदाका लागि बन्द गर्ने चेतावनी समेत दिएको छ । अमेरिकाले भने प्रतिवन्ध तीन उच्च अधिकारीहरुमाथि मात्र लगाइएको बताएको छ ।

अमेरिकाले मानव अधिकार उल्लंघन, गैर न्यायीक हत्या, यातना, बलात्कार तथा यौन हिंसा लगायतको कारण देखाउँदै तीन अधिकारीहरुको अमेरिकामा रहेको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको बताएको छ । उक्त प्रतिबन्ध पछि उत्तर कोरियाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको पछिल्लो कदमले निकै अचम्ममा परेको जनाएको छ । उत्तर कोरियाली समाचार संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा अमेरिकाले उत्तर कोरियासँगको सम्बन्ध पुरानै अवस्थामा फर्काउन चाहेको उल्लेख गरिएको छ । 

गएको जुन महिनामा दुईदेशका नेताबीच सिंगापुरमा भएको उच्च वार्तापछि दुईदेशबीचको सम्बन्ध सुधारको दिशामा रहेको बताइएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर