• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘म पाँच मिनेटको लागि मरेको थिएँ’

एजेन्सी । ‘मेरो ओठ निलो भइसकेको थियो । सास फेर्न बन्द गरिसकेको थिएँ । मुटुको चाल पनि रोकिएको थियो ।’ तीन वर्ष पहिले ‘कार्डियाक अरेष्ट’ आउँदाको क्षण सम्झिँदै लारा डालेसियाले भनिन्, ‘त्यो बेला मलाई बाँच्छु जस्तो लागेको थिएन, म पाँच मिनेटको लागि मरेको थिएँ । डाक्टर मलाई बचाउन पूरा कोशिश गरिरहेका थिए’ । 

२७ वर्षे लारा तीन वर्ष पहिला जब कामबाट घर फर्किन अचानक बेहोश भइन् र भुइँमा लडिन् । उनलाई कार्डियाक अरेष्ट भएको थियो । ब्रिटिश हार्ट फाउन्डेसनका अनुसार बेलायतमा ८० हजार युवा यस्ता छन् जसलाई आफु मुटु सम्बन्धि रोगबाट ग्रसित रहेको कुरा थाहा छैन । यस्ता व्यक्तिका लागि मुटुको रोग खतरा साबित हुने फाउन्डेसनको भनाइ छ । 

ती ८० हजार युवा मध्यकै एक थिइन् लारा जसलाई आफु मुटुको विरामी रहेको थाहा थिएन । कार्डियाक अरेष्ट भएपछि उनलाई साथीले अस्पताल पुर्याए । भाग्यवश आपतकालिन सेवाका कारण उनको ज्यान बच्यो । अस्पतालमा उनी तीन दिन कोमामा रहिन् । ‘बम मलाई होश आयो म केहि बुझ्नै सकिरहेको थिइन्, म रुन थालेँ’, उनले भनिन् । 

उपचारका क्रममा थाहा भयो लारा लंग क्यूटी सिन्ड्रोमबाट पीडित छिन् । यो एक आनुशांशिक रोग हो हो जसले मुटुको धड्कनलाई प्रभावित पार्छ ।

लारा भन्छिन्, ‘त्यो बेला मेरो उमेर मात्रै २४ वर्षको थियो । मलाई लाग्यो यो उमेरमा मलाई यस्तो बिरामी कसरी हुन सक्छ ? मैले उमेर पुगेका मानिसहरु मुटुको बिरामीका कारण मरेको देखेकी छु तर युवा अवस्थामै यस्तो भएको थाहा पाएकी थिइन ।’

ब्रिटिश हर्ट फाउण्डेशनको ताजा रिसर्च अनुसार १५ देखि २५ वर्षको उमेरका धेरै युवाहरुमा आनुवांशिक कारणले मुटुको बिरामी हुने खतरा रहन्छ । कतिपय अवस्थामा कम उमेरमै यही कारणले पनि ज्यान जान सक्छ ।

यस्ता मानिसहरुमा कुनै किसिमको लक्षण पनि देखिँदैन । तर कतिपय अवस्थामा काडियाक अरेस्ट भएपछि मात्र समस्याबारे थाहा हुन्छ । धेरै कम मानिसहरुलाई मात्रै आफ्नो बिरामीबारे थाहा हुन्छ ।

यूनिभर्सिटी अफ लण्डनका मुटु सम्बन्धी डाक्टर प्रोफेसर एलिजाह बेहरका अनुसार धेरै कम मानिसहरुमा आनुवांशिक कारणले मुटुको समस्या हुन्छ । उनी भन्छन्, ‘तर यो समस्याले पीडित भएका व्यक्तिहरु हेर्ने हो भने यो संख्या तीव्र रुपमा बढीरहेको छ ।’


डाक्टर बेहर भन्छन्, ‘यस प्रकारको मुटुको बिरामीका कारण ब्रिटेनमा मात्रै हरेक वर्ष झण्डै १५ हजार युुवा अचानक ज्यान गुमाइरहेका छन् । यस्तो पीडितलाई पहिचान गरेर उनीहरुको ज्यान बचाउनु ठूलो चूनौति छ ।’

प्रोफेसर बेहर अहिले आनुवांशिक कारणले हुने हर्ट अट्याकबारे रिसर्च गरिरहेका छन् । उनले यो रिसर्चले अचानक हुने यस्तो हर्ट अट्याक रोक्न रिसर्च महत्वपूर्ण रहने आशा गरेका छन् ।

केही डाक्टरहरु भनाई छ कि यस्तो बिरामी पत्ता लगाउन युवाहरुले अनिवार्य रुपमा स्क्रीनिंग गर्नुपर्छ । तर अर्को तर्फ डाक्टरहरुले यसबारेमा अझै रिसर्च आवश्यक रहेको बताएका छन् ।

लारा आफ्नो अनुभवबारे बताएर मानिसहरुमा जनचेतना फैलाउन चाहन्छिन् । उनी भन्छिन्, ‘म युवाहरुलाई बताउन चाहन्छु की उनीहरुलाई पनि यस्तो हुन सक्छ । मुटुको बिरामी जो पनि हुन सक्छन् ।’ 

लाराको छातीमा पेशमेकर लगाइएको छ जसलाई उनी आवश्यक परेको बेला प्रयोग गर्न सक्छिन् । म अहिले मेरो साथीहरुसँग निकै मस्ती गरिरहेको छु के थाहा अब अर्को पटक मलाई फेरी कहिले यस्तो हुने हो । म फेरी नबाँच्न पनि त सक्छु’, लारा भन्छिन्, म जीन्दगी खुशीले बाँचिहरकी छु, म भाग्यमानी हुँ किनकी मा बाँचे’ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर