• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मेनुकाको समयको आवाज बजारमा 

काठमाडौं । कवि मेनुका चापागाईद्वारा लिखित ‘समयको आवाज’ कवितासंग्रह सार्वजनिक भएको छ । कवि रमेश खकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि तथा आख्यानकार भुवनहरि सिग्देल, कवि कोषराज न्यौपाने, समालोचक तथा कवि डा. रामप्रसाद ज्ञवाली, कवि डा. देवी नेपाल र कवि मेनुकाले उक्त कृतिको संयुक्तरुपमा विमोचन गरे । 

विमोचित कृतिमाथि बोल्दै कवि खकुरेलले युवापुस्तामा छन्द कवितामा राम्रो लेख्न सक्ने कवि मेनुकाको कविता संग्रह ‘समयको आवाज’ बाट धेरै कुरा सिक्न र जान्न सकिने बताए । उनले भने, ‘कविले निकै आकर्षक ढंगले कृति लेख्नुभएको छ । यसले नेपाली छन्द कविताका क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिन सकिन्छ ।’ त्यस्तै, कवि तथा आख्यानकार सिग्देलले अब ‘छन्द’ कविता को युग आउने जिकिर गरे । कवि तथा समालोचक डा. ज्ञवालीले पुस्तक जति पढ्दा पनि उति पढ्न मन लाग्ने बताए ।

कार्यक्रममा कवि डा. नेपालले प्रकाशित कृति छन्द कविताको प्रयोगशाला भएको दावी गरे । उनले भने, ‘छन्द कविता लेख्न र पढ्न चाहने सबैका लागि यने कृति अत्यन्त उपयोगी छ ।’ कार्यक्रममा मेनुकाले कविता वाचन समेत गरेकी थिइन् । १०४ पेजको पुस्तकको मूल्य २०० रहेको छ । जसलाई शिखा बुक्सले प्रकाशित गरेको हो ।

कवि मेनुकाका ‘सालिक बोलिरहेछ’ कवितासंग्रह (२०७३) र ‘विश्वव्यापी’ छन्द कविता भिडियो प्रतियोगिता (२०७४) प्रथम र राष्ट्रिय कविता महोत्सवमा (२०७५) तृतीय कविको यो पुस्तक दोश्रो संग्रह हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर