• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राराहाङको ‘बान्तवा राई शब्दसङ्ग्रह’ सार्वजनिक

इलाम । सञ्चारकर्मी रीता राराहाङ राईले लेखेको ‘बान्तवा राई शब्दसङ्ग्रह’ बजारमा आएको छ । राईले एक दशक लगाएर तयार पारेको उक्त कृतिमा बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई संग्रह गरेर लेखिएको छ । १ सय ११ पृष्ठको उक्त पुस्तकमा ३ सय शब्द छन् ।

१५ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील इलामको माइमझुवाकी राई हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचारवाचिकाका रुपमा कार्यरत् छन् । त्यस्तै, उनले इन्डिजिनियस टेलिभिजनमा वान्तवा भाषाको भलाकुसारी कार्यक्रम समेत चलाउँछिन् । बोलीचालीका क्रममा प्रयोग गरिने शब्द लोप हुने क्रममा रहेकाले शब्दकोषमार्फत पुनर्ताजगीका लागि पुस्तक लेखेको उनले दावी गरिन् ।

इलामकै रेडियो नेपाली वाणी एफएमबाट भाषागत कार्यक्रम चलाएर पत्रकारिता पाइला राखेकी राराहाङले केही समयपछि भाषागत अर्को पुस्तकसमेत लेख्ने जानकारी दिइन् । ‘मातृभाषालाई व्यवहारिक भाषाका रूपमा झल्काउनका लागि शब्दकोष लोखिएको हो,’ उनले भनिन् ‘हाम्रो भाषा बोलीचालीका रूपमा मात्र प्रयोग भएकाले यसलाई टेवा पु¥याउन शब्दकोष लेखिएको हो ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर