• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

घरभाडा फिर्ता लैजान सांसद सिंहको अनुरोध (पत्रसहित)

काठमाडौं । कांग्रेस सांसद अमरेश कुमार सिंहले घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्न संसद सचिवालयलाई अनुरोध गरेका छन् ।

सांसद सिंहले संसद सचिवालयलाई पत्र लेख्दै सचिवालयवाट घर भाडा वापत दिई आएको रकम फिर्ता गर्न अनुरोध गरेका हुन् । ‘मेरो नाममा त्यस सचिवालयवाट घर भाडा बापत दिई आएको रकम मेरो निवास भएकाले अब उप्रान्त घर भाडा कटाउने र पहिला लिई आएको रकम पनि मेरो पारिश्रमिकबाट कटाई दिनुहुन अनुरोध छ ।’ उनको पत्रमा उल्लेख छ ।

समाचारदैनिकसंग कुरा गर्दे सांसद सिंहले आफुले घर भएको पहिलै नै जानकारी गराएपनि भुलवस आफ्नो खातामा घरभाडा वापतको रकम आएको हुन सक्ने बताए ।

यसअघि नेकपा सांसद योगेश भट्टराई र पम्फा भुषालले पनि घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्न अनुरोध गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर