‘सेतो साडी’ सार्वजनिक 

काठमाडौं । गीतकार जितेन्द्र बानियाँको यथार्थपरक गीत ‘सेतो साडी’ सार्वजनिक भएको छ । झण्डै १० वर्ष वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका उनले  विदेशमा श्रम गर्न बाध्य नेपाली र उनीहरुमा आश्रित परिवारको कथाव्यथा समेटिएको गीतको भिडियो ल्याएका हुन्  । भिडियोको कालिकास्थानस्थित फलैँचा स्पटमा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) का अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह लगायतका स्रष्टाले विमोचन गरे । 

कार्यक्रममा माइलाले गीतले विदेशिएका अधिकांश नेपालीको पीडा समेटेको बताउँदै भने, ‘स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस् भन्ने मर्मलाई गीतले उठाएको छ ।’ संगीतकार सिंहले बाध्यताले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पीडालाई गीत र भिडियोमार्फत उत्कृष्ट ढंगले पस्किएको भन्दै प्रशंसा गरे । अनेसासका अध्यक्ष लेकालीले नेपालीको परदेशिनुपर्ने बाध्यता र त्यसले ल्याएको नकारात्मक पक्षबारे चर्चा गरे ।

कोठे क्रियसनको प्रस्तुतिमा जितेन्द्र बाँनियाको ‘सेतो साडी’ मा गीतमा गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको संगीत सुन्न सकिन्छ । राजेश पुमाराईको निर्देशन रहेको यो गीतको भिडियामा अभिनेता सुरविर पण्डित, अभिनेत्री सुनिशा बजगाईं र प्रविण केसीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर