• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ठूलो परिमाणमा लागुऔषध बरामद

बर्दिवास । महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । 

बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ७४६८ नम्वरको मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख १९६८ नम्वरको हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । 

लागुऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका १ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर) लाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । त्यसैगरी जाँचका क्रममा भन्सार छलेर ल्याइएको रजनीगन्धा, गुट्खा र परागसहित तीन बोरा सूर्तीजन्य वस्तु पनि प्रहरीले बरामद गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर