सेयर बजारमा आमरण अनशनको न्यून प्रभाव, दोहोरो अंकले बढ्यो नेप्से सुचक

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार करिब १९ अंकले बढेको नेप्से सुचक आज १५ दशमलव १७ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ७८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज कारोबार खुलेको करिब पौने एक घण्टासँग कुनैपनि कम्पनीको कारोबार हुन सकेको थिएन । त्यसपछि भने क्रमिक बजारमा सेयर किनबेच हुन थालेको थियो ।

पूँजी बजारको विकास र विस्तारका लागि लगानीकर्ताको दबाब समूहले आजदेखि थालेको आमरण अनशनका कारण बजार केहीबेर प्रभावित भएको थियो ।  अघिल्लो आइतबारदेखि रिले अनशनमा बस्दै आएका लगानीकर्ताको दबाब समूहले आजदेखि अनशनको स्वरुप परिवर्तन गरेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार बजारमा कुल १५९ कम्पनीको ४२ करोड ३ लाख ५३ हजार ५१५ रुपैयाँको १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयर खरिदबिक्री भएका छन् । आइतबार ४७ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५ करोडले कमी हो ।

आज पनि सबैभन्दा बढी छिमेक लघुवित्तको सेयर किनबेच भएको छ । कम्पनीको ४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको ४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।  

ट्रेडिङ बाहेकका सबै सुचक सकारात्मक

सोमबार कारोबारमा आएका ट्रेडिङ बाहेक सबै समूहको सुचक सकारात्मक छन् । एघार समूहमध्ये ट्रेडिङ समूह ३ दशमलव ०४ अंकले घटेको छ 

त्यस्तै नीर्जिवन बीमा समूहको सुचक सर्वाधिक २२० दशमलव ५१ अंकले बढेको छ ।  जीवन बीमा समूह १९५ दशमलव ९६ अंकले, बैंकिङ समूह ९ दशमलव १५ अंकले, होटल शुन्य दशमलव ७१ अंकले, विकास बैंक ८ दशमलव ५ अंकले, जलविद्युत ५ दशमलव ३७ अंकले, फाइनान्स शुन्य दशमलव ५२ अंकले, लघुवित्त ४० दशमलव २१ अंकले, उत्पादन तथा प्रशोधन २३ दशमलव ५१ अंकले र अन्य समूह १ दशमलव ४४ अंकले बढेका हुन् । 

सर्वाधिक कमाउनेमा मिर्मिरेका लगानीकर्ता

आज मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर