• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विधान मस्यौदामा विवाद कायमै , पदाधिकारी बैठक निष्कर्ष विहिन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले विधानको मस्यौदामा सहमति जुटाउन केन्द्रिय समिति बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको पदाधिकारी बैठकले विधानको मस्यौदामा केन्द्रिय समितिले नै टुङ्गो लगाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा विधानको मस्यौदामा सहमति नजुटेपछि केन्द्रिय समितिमा छलफल गरेर टुंग्याउने निष्कर्ष निकाल्दै नेताहरु महासमिति बैठकस्थलमा पुगेका थिए । काग्रेस नेताहरुबिच ८ पदाधिकारी राख्ने सहमति जुटे पनि त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन ।

सोमबार दिनभर महासमिति बैठकमा अन्य प्रतिवेदनमाथि छलफल गर्ने र अन्य प्रतिवेदनमाथिको छलफल सकिएपछि केन्द्रिय समिति बैठक बसेर विधान मस्यौदामाथि सहमति खोजिने प्रवक्ता बिश्व प्रकाश शर्माले जानकारी दिए । उनका अनुसार केन्द्रिय समिति आजै साँझ ६ बजे बस्नेछ ।

सबै पदाधिकारी निर्वाचनबाटै आउनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छ भने संस्थापन पक्ष उपसभापति, महामन्त्री, सहमहामन्त्री एकरएक र कोषाध्यक्ष सभापतिबाट मनोनयन गर्नुपर्ने अडानमा छ

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर