• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:32 pm

ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीकोे आठौं हार

ललितपुर । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले आठौं हार ब्यहोरेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एनआरटी हिमालयन शेर्पासँग १–० ले पराजित भयो । खेलको सुरुवात देखि नै आक्रामक रुपमा उत्रिएको हिमालयनले ४६ औं मिनेटमा खेलमा अग्रता बनायो ।

उसका लागि विश्वास श्रेष्ठले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको हिमालयनले दोस्रो हाफमा पनि केहि गोलका मौका पाएपनि सदुपयो गर्न सकेन ।

यता एनआरटीले पनि दोस्रो हाफमा दुई वटा राम्रो मौकालाई आत्मसाथ गर्न सकेन ।

जितपछि हिमालयनले नौ खेलबाट १४ अंक बनाएको छ भने न्युरोड टिमको मात्र एक अंक छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

महिला क्रिकेट टोली स्वदेश फिर्ता, ‘मानसिक दबाबका कारण हार्यौँ’ 

  • ६ माघ, २०७५

काठमाडौं । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास क्रिकेटको उपविजेता नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । फाइनलमा नेपाल शनिबार आयोजक

अष्ट्रेलियन ओपनः विम्बल्डन च्याम्पियन कर्बर बाहिरिइन्, नाडाल क्वाटरफाइनल पुगे 

  • ६ माघ, २०७५

एजेन्सी । विम्बल्डन च्याम्पियन एन्जेलिक कर्बर अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् । आइतबार भएको खेलमा विश्व नम्बर २ कर्बर ३५ औँ वरियताकी

फ्रेन्च लिग : पीएसजीको ह्याट्रिक, गुइनग्याम्पको पोस्टमा ९ गोल

  • ६ माघ, २०७५

एजेन्सी । फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जीत निकालेको छ । नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित