• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीकोे आठौं हार

ललितपुर । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीले आठौं हार ब्यहोरेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एनआरटी हिमालयन शेर्पासँग १–० ले पराजित भयो । खेलको सुरुवात देखि नै आक्रामक रुपमा उत्रिएको हिमालयनले ४६ औं मिनेटमा खेलमा अग्रता बनायो ।

उसका लागि विश्वास श्रेष्ठले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको हिमालयनले दोस्रो हाफमा पनि केहि गोलका मौका पाएपनि सदुपयो गर्न सकेन ।

यता एनआरटीले पनि दोस्रो हाफमा दुई वटा राम्रो मौकालाई आत्मसाथ गर्न सकेन ।

जितपछि हिमालयनले नौ खेलबाट १४ अंक बनाएको छ भने न्युरोड टिमको मात्र एक अंक छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर