• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्थानीय तहका कर्मचारी आन्दोलनमा

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति आपत्ती जनाउदै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले सोमबार बिभिन्न स्थानीय तह कार्यालयमा विरोधसभा सहित धर्ना दिएका छन् ।

कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागी सबै सेवाबिच समान व्यवहार नभएको भन्दै समितिको आह्वानमा विरोधसभा सहित धर्ना दिईएको हो ।

कर्मचारी समायोजन अध्यादेश २०७५ ले स्थानीय तहको कर्मचारी र अन्य क्षेत्रबाट आएका कर्मचारीको सेवा सुविधा समान हुन नसक्ने अबस्था देखिएको समितिको ठहर छ ।

समितिले आफुहरुको मागका बिषयमा दवाव दिन पौष ३ गते १० बजेदेखि १२ बजेसम्म कार्यालयमा कलम बन्द गर्ने र पौष ५ देखि ९ गतेसम्म कालोपट्टी बाधि कलम बन्द गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए पौष १० गते थप आन्दोलनको घोषणा गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर