• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ऐनहरुको अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । विधायन व्यवस्थापन समितिले हाल कार्यन्वयनमा रहेका ऐनहरुको अध्ययन गर्न बिभिन्न ४ उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले भूमि व्यवस्था, शिक्षा, यातायात र उपभोक्ता संरक्षणका क्षेत्रमा रहेका ऐनहरुको अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो जसअनुसार शिक्षा क्षेत्रको ऐन अध्ययन उपसमितिमा समिति सदस्य बद्री पाण्डे, यातायात उपसमितिमा ब्रिशेषचन्द्र लाल, उपभोक्ता हित संरक्षण उपसमितिमा शेरबहादुर कुवँर र भूमी व्यवस्था उपसमितिमा ठगेन्द्रप्रकाश पुरी संयोजक रहेका छन् ।

त्यस्तै सोमबारको बैठकले हाल कार्यन्वयनमा रहेका ३ सय ३९ वटै ऐनहरु विज्ञसहितको समूहमार्फत् अध्ययन अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित गर्न ‘ऐन कार्यन्वयन मापन, अध्ययन र अनुसन्धान सम्बन्धि कार्यविधि २०७५’ समेत पारित छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर