• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँके । बाँकेको बैजनाथ गाउँपालिका ५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका १ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । 

 सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा १ क ४४९५ नम्वरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ४३ प ९५९९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदाँ दुर्घटना भएको हो । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर