• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपाल ईन्जियनियर्स एसोसियशनमा सवै पदाधिकारीसहित प्रगतिशिल प्यानलको बर्चस्व

प्रदेश ३ मा प्रगतिशिलको प्यानलै विजयी


काठमाडौं । नेपाल ईन्जिनियर्स एसोसियशनमा नेकपा सम्बद्ध ईन्जिनियरहरुले बर्चस्व कायम गरेका छन् । केहीबेर अघि प्रकाशित मतपरिणाम अनुसार अध्यक्षसहित सवै पदाधिकारी र ५ सदस्य पदमा नेकपाका ईन्जिनियरहरु विजयी भए ।

अध्यक्षमा नेकपा सम्वद्ध त्रिरत्न बजाचार्यले प्रतिपक्षी दल नेपाली कांग्रेस सम्वद्ध हिरेन्द्रमान प्रधानलाई पराजित गरेका हुन् । उपाध्यक्षमा उपाध्क्ष आशिश घिमिरे, महासचिव छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्ष राम एकवाल यादव र सहकोषाध्यक्षमा चाँद माला गरी सवै पदाधिकारीमा नेकपा सम्वद्ध उम्मेदवार विजयी भए । 

सदस्यमा भने नेकपा सम्बद्ध ५ तथा कांग्रेस सम्वद्ध ७ सदस्यले जित हात पारेको मतदानमा सम्लग्न ईन्जिनियर राजेश्वर फुंयालले समाचार दैनिक डटकमलाई जानकारी दिए ।

नेकपाका तर्फबाट विजयी हुने सदस्यमा गजेन्द्र कुमार झा, दिलिप विक, छवी अधिकारी, टेक कटुवाल र प्रताप सापकोटा छन् । त्यस्तै लोकतान्त्रिक प्यानलबाट विजयी हुनेमा ज्योतीमणी भटराई, एभरेष्ट केसी, सागर श्रेष्ठ लगायत रहेको फुंयालले बताए ।

प्रदेश ३ मा भने नेकपा प्याल पूरै विजयी भएको छ । 
  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर