• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

टोखामा एक किशोरीको हत्या, ४ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका ८ मिलनचोकमा एक किशोरीको हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका ८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको थियो ।

उनलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।उनी आफ्नै कोठामा मृत फेला परेकी थिइन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर