आउने भो आँधीखोला लघुवित्तको आइपीओ, कसलाई रोज्यो बिक्री प्रबन्धक

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनका लागि लघुवित्तले एनआइबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज केसी र एनआइबिएलएस क्यापिटलका नायव महाप्रबन्धक कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा ४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पश्चात चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ। 

स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तले १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर