• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

खानागावा कम्युनिटी जापानले मनायो टोपी दिवस  

संगीता कुंवर/जापान । ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ खानागावा नेपाली कम्युनिटी जापानले पनि नेपाली टोपी दिवस मनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन खानागावाको योकोहामा स्टेशन नजिकै भेला भएर टोपी दिवस मनाइएको हो । नेपाली मौलिक पोशाक संरक्षणको अभियानमा साथ दिन ‘टोपी दिवस’ मनाउन शुरु गरिएको कम्युनिटीले जनाएको छ । 

टोपी दिवसले नेपाली प्रतिको आत्मियता बढ्ने र पोशाकले पनि सिंगो देश झल्किने खानागावा कम्युनिटिका अध्यक्ष हरि सापकोटाले बताए । 

ढाका टोपीमा सजिएका नेपालीलाई देखेर जापानीहरु पनि दंग परेका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर