• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:49 pm

जुरुक्क उठ्दैछ सगरमाथा

हिउँ हिउँको भेलसँगै 
टाउकोमा कफन राखेर
जुरुक्क उठ्दैछ सगरमाथा ।
 
हामीलाई पराइ होइन 
हाम्रो भाषा चाहिन्छ 
अनि हाम्रो शासन चाहिन्छ  
चिनारीमा उद्घोष गर्दैछ सगरमाथा ।। 

जब हाम्रो भाषा तोड्न, 
मोड्न खोजिन्छ 
त्यहाँ हाम्रो मातृत्व र 
हाम्रो मौलिकता 
विलिन भएर जान्छ 
यस सँगसँगै लडाईमा 
बिगुल फुक्दैछ सगरमाथा । 

खोइ ! सुने यहाँ सुनेनन् 
देशका शासकहरुले
मातृभूमि र मौलिकताको महत्व कति हुन्छ 
सिकाउन प्रेरणा दिँदैछ सगरमाथा
सिकाउन प्रेरणा दिँदैछ सगरमाथा ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 कवि राम वर्तौलाको कविता सङ्ग्रह ‘राष्ट्र उद्गार’ सार्वजनिक

  • ६ माघ, २०७५

काठमाडौं । युवा कवि राम वर्तौलाको कविता सङ्ग्रह ‘राष्ट्र उद्गार’ सार्वजनिक भएको छ । उक्त कविता सङ्ग्रहमा राष्ट्रियताको भावना जागरण गराउने

बुकीफूल नोस्टाल्जिया 

  • ५ माघ, २०७५

त्यो खोलाको किनारा अनि सेताम्य फुलेको काँसघारी अलिमाथि सल्ला र सालघारी हुँदै निथ्रुक्क पसिनामा भिजेर धेरैचोटि पाइतालाले नापेको छु अजंगको त्यो

‘नाकाबन्दीमा बस्ती’ पुस्तकको विमोचन 

  • ४ माघ, २०७५

काठमाडौ । पत्रकार एवं लेखक छविलाल न्यौपानेद्वारा लिखित ‘नाकाबन्दीमा बस्ती’ नामक पुस्तक सार्वजनिक गरिएको छ । यथार्थ घटनामा आधारित उक्त पुस्तकको