जुरुक्क उठ्दैछ सगरमाथा
हिउँ हिउँको भेलसँगै
टाउकोमा कफन राखेर
जुरुक्क उठ्दैछ सगरमाथा ।
हामीलाई पराइ होइन
हाम्रो भाषा चाहिन्छ
अनि हाम्रो शासन चाहिन्छ
चिनारीमा उद्घोष गर्दैछ सगरमाथा ।।
जब हाम्रो भाषा तोड्न,
मोड्न खोजिन्छ
त्यहाँ हाम्रो मातृत्व र
हाम्रो मौलिकता
विलिन भएर जान्छ
यस सँगसँगै लडाईमा
बिगुल फुक्दैछ सगरमाथा ।
खोइ ! सुने यहाँ सुनेनन्
देशका शासकहरुले
मातृभूमि र मौलिकताको महत्व कति हुन्छ
सिकाउन प्रेरणा दिँदैछ सगरमाथा
सिकाउन प्रेरणा दिँदैछ सगरमाथा ।
प्रतिकृया दिनुहोस