• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'प्रथम भएर आउँदा कुटाइ खाने' उर्मिलाकाे कहानी

काठमाडौं । कविता प्रतियोगितामा प्रथम भएर घर आउँदा स्यावासी पाउनुको सट्टा कुटाई खानुपरेको तितो सम्झना छ, उनको स्मृतिमा । उनले स्कुलेजीवनमा विभिन्न स्थानमा हुने गीत, कविता, नृत्य, खेल प्रतियोगितामा भाग लिन्थिन् । यी सबै सिर्जनात्मक पक्षसँग जोडिएवापत् उनले घरपरिवारबाट हप्कीदप्की भोग्नुपर्थो । उनी अर्थात् उर्मिला काेइरालाले विगतको यस्तै, एक घटना सम्झिँदै भनिन्, ‘एकपटक कविता प्रतियोगितामा प्रथम भएँ । गाली खाने डरले घर आउँदा निधारको अबिर धारामा धोएँ । तर, घर आउन ढिलो भयो भनेर बाको कुटाइ खाएँ ।’

‘बुवाको डरले गीत, कविता लेखेको, अतिरिक्त क्रियाकलापमा भाग लिएको भन्न सक्तैन्थेँ । लुकीलुकी लेख्नुपर्थ्यो । घरमा ढिला आइ भनेर बाले गाली गर्नुहुन्थ्यो ।’

उनमा गीत तथा कविताप्रति सानैदेखिको रुचि थियो । गीत गाउने, कविता लेख्ने उतिवेलाको रहर सम्झँदै उनले भनिन्, ‘बुवाको डरले गीत, कविता लेखेको, अतिरिक्त क्रियाकलापमा भाग लिएको भन्न सक्तैन्थेँ । लुकीलुकी लेख्नुपर्थ्यो । घरमा ढिला आइ भनेर बाले गाली गर्नुहुन्थ्यो ।’ हुनत् त्यतिवेलाको सामाजिक परिवेश छोरीप्रति अनुदार रहेको उनले बताइन् । अहिले त नेपाली समाज छोरीचेलीप्रति उदार बनिनसकेको अवस्था छ । ‘त्योवेलाको कुरै नगरौँ ।

सबैमा शंका थियो । अशिक्षा, अन्धविश्वास तथा सामाजिक कुरीतिले गाँजेको त्यो परिवेशमा सिर्जनशील बन्छु भन्ने परिकल्पना निकै चुनौतीपूर्ण थियो,’ उनले त्यतिवेलाको समाजप्रति दृष्टिकोण कोट्याइन् ।

बुबा लक्ष्मण कोइराला र स्व. आमा सरस्वती कोइरालाबाट जन्मिएकी उनी सानोमा निकै चञ्चले स्वभावको रहेको (हाँस्दै) सम्झिइन् । उनको बाल्यकाल काभ्रेको खोपासीमै बित्यो । गाउँलेजीवन घाँसदाउरा तथा मेलापातमै बित्थ्यो । उनी यी कामसँगै आमाबाबालाई घरधन्दामा समेत सघाउँथिन् । चञ्चले स्वभावको भए पनि उनी कसैसँग डराउँदैन्थिन् । मनमा लागेको कुरा बोलिहाथिन् । गाउन र लेख्न भनेपछि हुरुक्कै हुने उनले कापीका पानामा केही न केही लेखिरहन्थिन् । उनले आफ्नो विगत सम्झँदै भनिन्, ‘म पनि जिद्दीवाल थिएँ । घरमा जेपर्ला, सहुँला भनि भाग लिने गर्दथेँ ।

रेडियो नेपालबाट आउने कवितात्मक कार्यक्रम ‘मधुवन’ ले उनलाई धेरै कुरा सिकायो । उनले भनिन् ‘नवराज लम्सालको प्रस्तुति र कविताको विषयमा उहाँले गर्ने टिप्पणीले प्रभावित भएँ । शुक्रबार मधुवन आउँथ्यो । मेरो जीवनमा कविता बुझ्ने बुझाउने जस केवल मधुवनलाई जान्छ ।

सहभागी भएका प्रायः प्रतिस्पर्धामा म खाली हात कहिल्यै फर्किदैन्थेँ । सबैमा सानो ठूलो पुरस्कार पाइहाल्थेँ ।’ घरका सबैले खुरुखुरु स्कुल जाओस् र आओस् भन्ने इच्छा हुन्थ्यो । आफूलाई भने स्कुलमा हुने सबै प्रतियोगितामा भाग लिन रुचि लाग्थ्यो । उनको यस कार्यबाट बा मात्र होइन घरमा अरु सदस्य पनि रिसाउँथे ।

तैपनि उनले लेख्न छोडिन्न । परिवारको गाली एक दिन तालीमा बदल्छु भन्ने अठोट लिइन् उनले । रेडियो नेपालबाट आउने कवितात्मक कार्यक्रम ‘मधुवन’ ले उनलाई धेरै कुरा सिकायो । उनले भनिन् ‘नवराज लम्सालको प्रस्तुति र कविताको विषयमा उहाँले गर्ने टिप्पणीले प्रभावित भएँ । शुक्रबार मधुवन आउँथ्यो । मेरो जीवनमा कविता बुझ्ने बुझाउने जस केवल मधुवनलाई जान्छ ।

कहिलेकाहीँ स्कुुलको कक्षा छोडेर लुकेर पनि सुन्थेँ ।’उनले स्कुलको पढाइ कक्षा १ सम्म घरनजिकै कालिका प्राविमा पढिन् । २ देखि श्रीराम माविमा पढिन् । इन्द्रेश्वर र परोपकार उच्चमाविमा प्लस टु र आरआर क्याम्पसबाट बिए र सान्दिपनी कलेज कोटेश्वरबाट बिएडसम्मको पढाइ सकिन् ।

तर, आफू पढाइमा त्यति उत्कृष्ट नभएको उनले बताउँदै भनिन्, ‘म स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भने निकै सक्रिय हुन्थेँ ।’ त्यसवेला साथीभाईसँग खेल्ने र रमाइलो गर्ने तथा सिर्जनात्मक कार्यमा उनी अघि सर्थिन् । उनी साथीसंगीसँग टिफिनटाइममा स्कुलनजिकै प्रतिबन्ध लगाइएको पावर हाउसमा खेल्न जान्थेँ । खेलमा रमाउँदा प्रायः पाँचौ पिरियड छुटेकै हुन्थ्यो अनि उनले स्कुलका सरको गाली खानुपर्थो ।

एक मनले विवाहको कुरालाई नकार्न बल गर्दैथ्यो, अर्को मन बिमारी आमाको त्यो मुहार सम्झँदै थियो । उनी दोमनको शिकार बनिन् । आखिर एक आमाको सपना आफनो छोरीको विवाह एक असल घरमा भएको देख्नुभन्दा ठूलो के हुन्छ र ? यही सोचले उनी सबै सपना तिलाञ्जली दिएर बिहेको लागि राजी भइन् । 

समाज परिर्वतनको दिशामा अघि बढे पनि छोरीको उमेर अलिकति ढल्केपछि विवाह गरी हाल्नुपर्छ भन्ने मानसिकतामा खासै परिर्वतन आएको छैन ।  विवाहपछि छोरीको सपना मात्र बुढाको घर हो भन्ने सामाजिक मान्यता अभैm कायम छ । त्यस्तै, छोरीले स्कुलको पढाइसकेपछि बाँकी पढाइ किन चाहियो विवाह गरे भैहाल्यो’ नि भन्ने सामाजिक मान्यताले उनीलाई पनि छोडेन । जब घरका बिहेको कुरा चल्यो, उनलाई लाग्यो आज मेरा सपनाको अन्त्य भयो । उनलाई घरमा माग्न आए । आफनो सपनाभन्दा ठूलो उनको लागि परिवार थियो ।

एक मनले विवाहको कुरालाई नकार्न बल गर्दैथ्यो, अर्को मन बिमारी आमाको त्यो मुहार सम्झँदै थियो । उनी दोमनको शिकार बनिन् । आखिर एक आमाको सपना आफनो छोरीको विवाह एक असल घरमा भएको देख्नुभन्दा ठूलो के हुन्छ र ? यही सोचले उनी सबै सपना तिलाञ्जली दिएर बिहेको लागि राजी भइन् । 

उनले विगत सम्झिँदै भनिन्, ‘विवाह रहर होइन, बाध्यता हो । बाबा र आफन्तको इच्छा हो । म त्यही इच्छामा चल्न राजी भएँ ।’ उनको ०६१ सालमा भोलाप्रसाद भट्टराईसँग वैवाहिक जीवनमा बाँधिन । श्रीमान्को नाम लिँदै भनिन्, ‘उहाँसँगको सम्बन्ध सहज रुपमा स्वीकार गरे । आज उहाँको साथ र सहयोगले खुसी पनि छु ।’ 

एक श्रीमती, बुहारीबाट आमा बन्दा पाएको पीडा अनि त्यही पीडामा राहत थप्न सन्तानले दिएको खुसी उनको आँखामा झल्झली आएको उनले बताइन् । उनले विवाहको सुरुवाती दिन स्मरण गदै भनिन्, ‘गाउँमा पानीको धारा निकै टाढा थियो । एक गाग्री पानी ल्याउँदैमा बिहान जान्थ्यो ।

घर धन्दाको चाङ हुन्थ्यो । ठूली छोरी सानै थिई । कहिलेकाहीँ त कामै देखेर आत्तिन्थेँ ।’ उनले थपिन्, ‘मलाई गाउँबेसी भन्ने पनि थाहा थिएन । गाउँबेसी गर्न कठिन हुन्थ्यो । पछि घर नजिकै चिया पसल राखेर पनि बसेँ । म सानै छँदा भ¥याङबाट लडेर टाउकोमा ‘चाँदे’ पसेको थियो रे ! आमा रुँदै भन्नुहुन्थ्यो । अहिले पनि ठूलो खत छ । त्यो ठूलो खतमा नाम्लो परेपछि म रन्थनिन्थेँ । तर, टाढाबाट गाग्रीमा पानी ल्याउँदा, अरु भारी बोक्दाको पीडा कसैलाई भनिनँ । आज पनि बेलाबेला टाउको दुखिरहन्छ ।’ 

उनले सोचेकी थिइन् पराइको घरसँगै सबै सपना पराइ हुन्छ । तर, १२ वर्षपछि नि खोला फर्केर आउँछ भनेजस्तै उनले आफनो जीवनको १२ वर्षपछि आफनो सपनाको आधार बुन्न सफल भएको सुनाइन् । उनीसँग आफ्नो जिन्दगीका विभिन्न कुइँनेटा र मोडका याद धेरै छन् । तैपनि आफ्नो यात्रामा उनी निर्भिकता साथ अघि बढिन् । हरेक जितमा पाएको खुसीले उनलाई जहिले अरुको अगाडि तर्कशील र निर्भिक बन्न सिकायो । साहित्यप्रतिको अनुरागले उनलाई सानैदेखि झक्झकाइरह्यो । 

०७३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा सहभागी भएर ‘उज्यालोको आत्मकथा’ कविताबाट तृतीय पुरस्कार जितेपछि उनलाई चिन्ने सर्जक बढ्न थाले ।

बिहेपछिको पारिवारिक जिम्मेवारीलाई एउटा सहज गन्तव्यमा पु¥याएर उनले व्यवस्थित गरिन् । दुई सन्तान भए, १३ वर्षकी प्रत्युषा र ९ वर्षकी युनिष्का । उनीहरुको स्याहारसुसारमै समय बितेको पत्तै नभएको उनले बताइन् । उनले आफनो सपना मर्न कहिले दिइनन् । त्यही सपना पूरा गर्न पढाइ फेरि सुरु गरिन् । छोरीहरू हुकिँदै गए । उनले लेखेको देखेर छोरीहरु पनि त्यही बाटो समाउन थाले । छोरीहरुले उनको लेखनमा देखाएको चासोले उनलाई अगाडि बढ्न हौसला मिल्दै गयो । श्रीमानले सुरुका दिनमा आफ्नो लेखनयात्रामा वेवास्ता गरे पनि आजकल उनको प्रगति देखेर साथमै उभिएको सुनाइन् ।  

०७३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा सहभागी भएर ‘उज्यालोको आत्मकथा’ कविताबाट तृतीय पुरस्कार जितेपछि उनलाई चिन्ने सर्जक बढ्न थाले । विभिन्न स्रष्टासँग संगत बढ्दै जान थाल्यो । यसले उनको लेखनीमा नयाँ ऊर्जा थप्दै गयो । उनी बद्रिनाथ अभिनव छन्दोबद्ध कविता प्रतियोगितामा प्रथम भइन् । 

उनका उज्यालोको आत्मकथा, बाढी, तेस्रो आँखा, जस्तो तिमी र म, पर्ख बाहिर ननिस्क आदि धेरै मन पराइएका कविता हुन् । उनका दुईवटा संयुक्त गजल संग्रह प्रकाशित छन् । एउटामा २५ वटा गजल र अर्कोमा ८ वटा गजल छन् । उनको ‘दिलको गजुर’ एकल गीत संग्रह प्रकाशित छ ।

यसमा १ सय १ वटा गीत संग्रहित छन् । जुन आज (शनिबार) उनको जन्म गाउँ काभ्रेमा विमोचन हुँदैछ । एउटा गद्य र अर्को पद्य गरी दुईवटा कविता प्रकाशनको तयारी रहेको उनले जानकारी दिइन् । जीवनका भोगाई देखेको भन्दा धेरै कठिन हुन्छ । उनको पनि थियो तर उनी हरेक दुखमा खुसिको आभास गदै गइन आफुमा भएको त्यो इच्छालाई कतै पनि मर्न दिनन् आज त्यसैको प्रतिफल हो उनलालाई कवि गीतकार उर्मिला अधिकारी भनेर चिन्न थालेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर