• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:18 pm

पत्याउनुहुन्छ, एउटै माछाको मूल्य ३४ करोड ७२ लाख रुपैयाँ !

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु. ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । 

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार रुपैयाँ पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । 

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । 

‘टुना किङ’ को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । 

‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए । 

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,’ उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अंगालोमा राखेर सुताउने यी महिलाको कमाई प्रति घण्टा ९ हजार !

  • ४ माघ, २०७५

एजेन्सी । तपाईलाई कस्तो लाग्छ, कसैलाई अंगालो हालेको भरमा धेरै कमाई गर्न सक्नुहुन्छ भन्दा ? अब तपाई यस्तो को गर्छ ? भन्नुहोला । तर, यो सत्य हो र यस्तो

विरालो मारेको आरोपमा दुई बर्षको जेल सजाय

  • ३ माघ, २०७५

क्वालालमपु । मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ ।  गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले

बच्चाको नामाकरणलाई लिएर पति–पत्नीको सम्बन्ध–विच्छेद 

  • २७ पौष, २०७५

एजेन्सी । बच्चाको जन्मलाई लिएर आमा–बुबामा एक गज्जबको उत्साह हुन्छ । नयाँ बन्न लागेका बुबा–आमा बच्चा जन्मनुअघि नै नाम सोच्ने वा अन्य तयारी गर्न