• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जब जेलभित्र दर्जनाैँ प्रेमपत्र आउन थाल्यो

अपराधीलाई किन प्रेम गर्छन् महिला ? 

एजेन्सी । गएको वर्ष अगस्टमा अमेरीकाको कोलराडोका क्रिस्टोफर वाट्सले एक दिन अचानक थाहा पाए उनकी गर्भवती पत्नी र दुई छोरी गायब छन् । थाहा पाएलगत्तै उनले विभिन्न टिभी च्यानलमार्फत आफ्नी श्रीमती र छोरीहरुलाई कब्जा गरेको भए छोडी दिन आग्रह गर्दै गरेको देखिए ।

३३ वर्षे वाट्स जब टीभी क्यामरामा बोलिरहेका थिए तब उनले क्यामरामा सिधा हेरेका थिएनन् । यो कुरा सुरुमा त खासै वास्ता गरिएन । केहि दिन यसै बित्यो । अगष्टको अन्तिमतिर वाट्स आफैले पत्नी र दुई छोरीको हत्या गरेको प्रहरीले पत्ता लगायो ।

वाट्सले आफ्नो अपराध स्विकार पनि गरे । प्रहरीले वाट्सका दुई छोरीलाई तेलको ट्यांक र पत्नीको शब खाल्डोमा पुरिएको अवस्थामा फेला पार्यो । अपराध स्विकार गरेको केहि हप्तामा वाट्सलाई तीन हत्याको अपराधमा आजीवन काराबासको सजाय दिइयो । वाट्स अहिले आफ्नो जेल जीवन बिताइरहेका छन् । 

क्रिस्टोफर वाट्स

जेलमा भेटियो प्रेम पत्र 

क्रिष्टोफर वाट्स अपराधि सावित भएपछि संचारमाध्यममा उनको कडा आलोचना भयो । तर अचम्मको कुरा त के भयो भने वाट्स जेल परेको केहि दिनपछि देखिनै जेलमा उनको नाममा प्रेमपत्र आउन थाल्यो । त्यो पनि एक वा दुई नभई दर्जनौँ । 

वाट्सलाई पठाइएका प्रेमपत्रमा महिलाहरुले अक्सर लेखेका हुन्थे, ‘म तिम्रो बारेमानै सोचिरहन्छु, मैले तिम्रो अन्तर्वार्ता हेरेँ र तिमीप्रति आकर्षित हुन थालेँ ।’ ‘मलाई कहिँ न कहिँ यस्तो लाग्छ कि तिमी निकै राम्रो पुरुष हौ’ । 

यी सारा प्रेम पत्रहरु पठाउने महिलाहरुले आफ्नो तस्विर समेत पठाउँथे । एक महिलाले त आफ्नो बिकिनी लगाएको तस्बीर समेत पठाएकी थिइन् । 

वाशिंगटन पोस्टमा प्रकाशित एक खबरका अनुसार एक महिलाले आफ्नो प्रेम पत्रमा ह्यासट्याग टिमक्रिश र लभहिम शब्दको पनि प्रयोग गरेकी थिइन् । 

केहि महिलाले भने यो नै आफ्नो जीवनको पहिलो प्रेमपत्र भएको उल्लेख गर्दै आफु निकै डराएको समेत बताएका छन् । 

अपराधीसँग प्रेम ? 

क्रिष्टोफर वाट्स पहिलो हत्यारा या अपराधी होइनन् जसको नाममा प्रेमपत्र लेखिँदैथियो । यसअघिपनि यस्ता घटना भएका कयौँ उदाहरण छन् । 

उदाहरणको लागि ७० को दशकमा टेड बंडी नामक एक व्यक्तिमाथि ३० हत्याको आरोप लागेको थियो । उनलाई फाँसीको सजाय सुनाइएको थियो । उनको नाममा पनि कयौँ अपरिचित महिलाले प्रेमपत्र पठाउँथे ।यस्तै लस एन्जल्समा एक परिवारकै हत्यामा संलग्न सरगाना चाल्र्स मेनसनको नाममा पनि जेलमा थुप्रै प्रेमपत्र आउँथ्यो । तर प्रश्न यो उठ्छ कि हत्याराप्रति महिला किन आकर्षित हुन थाले ? 

यसको एउटा कारण ‘हाइपरफीलिया’ हुन सक्ने बताइन्छ । हाइपरफीलियामा महिलालाई हत्यारा वा अपराधीप्रती यौन आकर्षण हुन थाल्छ । तर फेरी हत्यारा वा अपराधीलाई प्रेमपत्र लेख्ने हरेक महिला हाइपरफीलियाबाट ग्रसित हुनैपर्छ भन्ने छैन । अपराधीप्रति महिला आकर्षित हुनुको अर्को कारण ती व्यक्तिको प्रसिद्धि पनि हुनसक्ने लेखिका शीला इसनबर्ग बताउँछिन् । मिडियामा ती व्यक्तिका बारेमा लगातार भइरहेने कभरेज तथा चर्चाका कारण ऊ तर्फ आकर्षित हुन सक्ने उनको भनाइ छ । 

आफ्नो पहिलो पुस्तक लेख्नुअघि इसनबर्गले ३० जना भन्दा धेरै त्यस्ता महिलासँग कुरा गरेकी थिइन् जो यस्तो अपराधीसँग यौन सम्बन्ध राखेका थिए । यी सबै महिलाले आफ्नो परिवार वा पार्ट्नरबाट कुनै न कुनै प्रकारको हिंसा भोगेका थिए । यसको अर्थ जेलमा रहेको व्यक्तिसँग यौन सम्बन्ध राख्दा वा सम्बन्ध विस्तार गर्दा ती व्यक्तिबाट आफुलाई कुनै हानी नोक्सानी नहुने भएकाले महिला यस खालको सम्बन्धलाई सुरक्षित मान्ने पनि इसनबर्ग बताउँछिन् । 

पेनिसिल्वियास्थित डिसेल्स युनिभर्सिटीकी प्रोफेसर क्याथरिन रैम्सलेण्ड भन्छिन, ‘यस्ता सम्बन्धमा रहेका महिला अपराधीभि    त्र लुकेर रहेको बालापन पहिचान गर्छन् । यी महिलालाई आफ्नो प्रेमको माध्यमबाट अपराधीलाई फेरी राम्रो व्यक्तिमा परिवर्तन गर्न सक्छु भन्ने लाग्छ ’। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर