• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:41 pm

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी प्रभावित, शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास

एजेन्सी । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । 

आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोगी माध्यम भएपनि यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको उक्त अध्ययनले देखाएको छ । 

लण्डन विश्वविद्यालयका विद्यार्थीले गरेको सो अध्ययन “इ क्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । 

अध्ययन अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ । 

प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने, किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ । 
तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ । 

“हामीले एउटा खतरनाक तथ्य फेला पा¥यौँ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरुलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो,” अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने । 

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरुमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ । 
सामाजिक सञ्जाल प्रयोग गर्नेहरु धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ । अध्ययनले अन्य पक्ष पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरु कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तपाईको आवाजभित्र लुकेको हुन्छ तपाईको सम्बन्धको आयु ! जान्नुहोस् कसरी

  • ३ माघ, २०७५

काठमाडौं । भनिन्छ, हामी आफ्नो पार्टनरसँग जुन शैलीमा बोल्छौँ र त्यस दौरान हामीले प्रयोग गर्ने शब्दले हाम्रो वास्तविक भावनालाई दर्शाउँछ । र, अब तपाई र

चीनले चन्द्रमामा उमारेको कपासका टुसा मरे

  • ३ माघ, २०७५

एजेन्सी । चीनको अन्तरिक्ष अभियानले चन्द्रमामा उमारेका कपासका टुसाहरू मरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्ष अभियान चांगुअले कपासका

चीनले चन्द्रमामा आलु फलाउँदै, कपासको बिरुवामा कोपिला लाग्यो 

  • १ माघ, २०७५

एजेन्सी । चीनले चन्द्रमामा आलु फलाउने भएको छ । गत जनवरी ३ मा चीनले चन्द्रमामा चाङ्ग–इ फोर अन्तरिक्ष यान पठाएको थियो । चन्द्रमाको अहिलेसम्म अध्ययन