• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

वाइडबडी प्रकरण : मन्त्री अधिकारीले दिए यस्ताे स्पष्टीकरण

काठमाडौ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा आफ्नो कुनै सहभागिता नरहेको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस विषयमा निष्पक्ष छानविनका लागी सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उनले आफुले नागरिकका अपेक्षा अनुसार प्राथमिकताका आधारमा काम गरेको समेत जिकिर गरे ।

मन्त्री अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा विमान खरिद प्रकरणमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पनि पूर्वाग्रही भएर आरोप लगाएको भन्दै आपत्ति जनाए। लेखा समिति अन्तर्गतको उपसमितिमा मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेको थियो । 

महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदीय समितिमा ढाँटेको लगायतका कारण विमान खरिदमा भएको अमियमिततामा संलग्नता रहेको उपसमितिको दाबी छ ।

महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले सर्वोच्च अदालतको फैसालाले पनि बोलपत्र आह्वान कानुन बमोजिम नै भएको भनेपछि भुक्तानी रोक्का गर्ने कुनै आधार नभएको दाबी गरे ।

उनले भने, 'निर्दाेष नफसाेस्, दोषी नउम्काेस्', तथ्यमा आधारित खाेजमूलक अनुसन्धान गर्न म पनि सहयोग गर्छु। अनुमानकाे आधारमा मलाई दाेष लगाइयाे। दु:ख व्यक्त गर्छु। तर समस्याबाट भाग्दिन, मप्रतिकाे विश्वास र भराेसा टुट्न दिन्नँ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर