• सोमबार १२-११-२०७५/Monday 03-25-2019/ 09:42 am

गीतकार उर्मिलाको गीतिसंग्रह ‘दिलको गजुर’ सार्वजनिक 

काठमाडौं । गीतकार उर्मिला कोइरालाको गीतिसंग्रह ‘दिलको गजुर’ सार्वजनिक भएको छ । बनेपा नगरपालिकाको सभाहलमा शनिबार प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमकैबीच गीतिसंग्रह विमोचन गरिएको हो । 

कार्यक्रममा साहित्यकार मोहन दुवाल, गजलकार पुष्प अधिकारी, समीक्षक महेश पौड्याल, साहित्यकार सूर्यप्रसाद लाकोजु, संगीतकार सुरेश अधिकारी तथा जुनकिरी साहित्यिक अभियानका अध्यक्ष माधव काभ्रेलीलगायको उपस्थिति थियो । 

विभिन्न विधाका १०१ गीत समावेश भएको गीतिसंग्रहमा आशावादी, निराशावादी, र राष्ट्रिय गीतहरु रहेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उर्मिलाले बताइन् । जुनकिरी साहित्यिक अभियान काभ्रेले प्रकाशन गरेको १२२ पुष्ठ लामो गीतिसंग्रह दिलको गजुर उर्मिलाको पहिलो एकल गीतिसंग्रह हो ।

यसअघि उनले संयुक्त रूपमा दुईवटा गजलसंग्रह प्रकाशन गरेकी थिइन् । गीतिसंग्रहको समालोचना समालोचक एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालले गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कविता : समयको कठघरामा 

  • ९ चैत, २०७५

 सत्यको अर्गानिक इतिहास यतिखेर भ्रमहरूको दुकानबाट एकाएक लिलाम भएको छ र , मृत्यु क्याप्सुल सेवन गरेर– खरानी भएको छ बिचारको हस्तिहाडहरू हो कुरूप

कथा : छापामारले कार्बाही गर्यो

  • ९ चैत, २०७५

    साँझको ६ बजिसकेको थियो । कोठाभित्र आठजना जति बसेर सरसल्लाह गर्दै थिए । बाहिरपट्टिको वातावरण भयग्रस्त थियो । गोलीका आवाजहरुले पूरै गाउँ आतंकित

कविता : तिम्रो शब्द मेरो मौनता

  • ९ चैत, २०७५

तिमीले बोलीरह्यौ मैले सुनिरहें तिमीसंग बिताएका पल मनमनै गुनिरहे तिम्रो बिषालु बचन अमृत सम्झेर सहीरहे तिम्रो बोलीको तिखो प्रहार मुटुभित्र