गीतकार उर्मिलाको गीतिसंग्रह ‘दिलको गजुर’ सार्वजनिक
काठमाडौं । गीतकार उर्मिला कोइरालाको गीतिसंग्रह ‘दिलको गजुर’ सार्वजनिक भएको छ । बनेपा नगरपालिकाको सभाहलमा शनिबार प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमकैबीच गीतिसंग्रह विमोचन गरिएको हो ।
कार्यक्रममा साहित्यकार मोहन दुवाल, गजलकार पुष्प अधिकारी, समीक्षक महेश पौड्याल, साहित्यकार सूर्यप्रसाद लाकोजु, संगीतकार सुरेश अधिकारी तथा जुनकिरी साहित्यिक अभियानका अध्यक्ष माधव काभ्रेलीलगायको उपस्थिति थियो ।
विभिन्न विधाका १०१ गीत समावेश भएको गीतिसंग्रहमा आशावादी, निराशावादी, र राष्ट्रिय गीतहरु रहेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उर्मिलाले बताइन् । जुनकिरी साहित्यिक अभियान काभ्रेले प्रकाशन गरेको १२२ पुष्ठ लामो गीतिसंग्रह दिलको गजुर उर्मिलाको पहिलो एकल गीतिसंग्रह हो ।
यसअघि उनले संयुक्त रूपमा दुईवटा गजलसंग्रह प्रकाशन गरेकी थिइन् । गीतिसंग्रहको समालोचना समालोचक एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालले गरेका थिए ।
प्रतिकृया दिनुहोस