वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

भरतमोहन अधिकारीको दोश्रो स्मृति दिवस मनाइँदै

भरतमोहन अधिकारीको दोश्रो स्मृति दिवस मनाइँदै

काठमाडौं। वरिष्ठ वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा दोश्रो स्मृति दिवस मनाइने भएको छ ।

भरतमोहन अधिकारीको स्मृति फउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह–आयोजनामा मंगलबार विराटगरमा हुने स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।
त्यस अवसरमा स्वर्गीय अधिकारीले बामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको चर्चा, अग्रज कम्युनिष्ट र ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश–१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउण्डेशनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो । अधिकारीले कानून तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानूनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए ।

अधिकारीले ४०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको लोकप्रिय सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए । यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटकपटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु