वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

मेगा बैंकको संरक्षणमा रहेका अभियुक्त गुरुदत्त पौडेल पक्राउ

मेगा बैंकको संरक्षणमा रहेका अभियुक्त गुरुदत्त पौडेल पक्राउ

काठमाडौं । मेगा बैंकको संरक्षणमा विभिन्न ठगी क्रियाकलाप गर्दै आएका गुरुदत्त पौडेल पक्राउ परेका छन् ।
वैदेशिक ठगी गरेको आरोप पछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । काभ्रेका भोलाप्रदास सेढाईँले २०६३ मंसिर २८ गते आफूलाई सिंगापुर पठाइ दिने भन्दै ४ लाख ५० हजार लिएर ठगी गरेको भन्दै बैदेशिक रोजगार विभागमा मुद्दा हालेका थिए ।

२०६३ माघ २६ गते चलानी नम्बर १४०६७ कायम भएको सिंगापुर जाने स्वीकृति पाएको र फागुन ५ गते उक्त देश जान भनी हिँडेकोमा स्वीकृति किर्ते भएको पुष्टि भएको र राहदानी नै जफत गरिएकोले निजसँग कुरा गर्दा ६ महिना पछि रकम तिर्छु भनी कागज गरेको तर रकम नदिई वैदेशिक ठगी गरेको पिडितले बताएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष मिरा खड्का, सदस्यद्वय अग्निप्रसाद थपलिया र रवि शर्मा अर्यालको संयुक्त इजलासले पौडेललाई डेढ वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर सहितको फैसला सुनाएको थियो ।

२०६८ माघ १७ गते उक्त फैसला आएयता पौडेल लुकीछिपी घरजग्गाको कारोबारमा संलग्न रहँदै आएका थिए । काठमाडौं, चितवन र हेटौंडामा बढी धन्दा क्षेत्र बनाएका पौडेल विरुद्ध दर्जनौं मुद्दा छन् ।

ऋणीको घर जग्गा सस्तोमा लिने र मेगा बैंकमा अस्वाभाविक मूल्यमा धितो राखी बाउन्स चेक भिडाएर ठगी गर्दै आएका पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।

घर जग्गा सम्बन्धी र चेक अनादरमा कयौं मुद्दा खेपेर फरारको सूचीमा रहेका पौडेल पक्राउ भने वैदेशिक रोजगार ठगी प्रकरणमा परेका हुन् ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु