![१० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि ! [भिडियोसहित] १० सेकेण्डको भिडियो ७७ करोडमा बिक्रि ! [भिडियोसहित]](https://backend.samachardainik.com/wp-content/uploads/2021/03/vido.jpg)
एजेन्सी । अमेरिकाको मियामीका एक व्यक्तिले बनाएको एउटा दश सेकेण्डको कलात्मक भिडियो ६६ लाख डलर अर्थात् ७७ करोड रुपैयाँ भन्दा बढीमा बिक्री भएको छ ।
नन–फन्जिबल टोकेन भनेर चिनिने यस भिडियो ६७ हजार डलर अर्थात् करिब ७९ लाख रुपैयाँ खर्चिएर बनाइएको उनले बेचेर आफ्नो भाग्य चम्काएका हुन् ।
वास्तविक नाम माइक विंकेलम्यान भएका डिजिटल आर्टिस्ट बीपलले बनाएको भिडियो अर्थात् डिजिटल एसेटलाई नन–फन्जिबल टोकेन भनिन्छ ।
यस्तो भिडियो बनाउन लगानीको आवश्यकता पर्ने भएकाले कतिले लगानी गर्ने गर्दछन् र नन–फन्जिबल टोकेन डिजिटल प्लेटफर्ममा हुने हुँदा मन पराउनेले किन्न पनि सक्छन् । यस भिडियो आर्ट कलेक्टर पाब्लो रोड्रिगेजले बिक्री गरेका हुन् ।
पाब्लोले बेचेको उक्त कालात्मक भिडियोमा अमेरिकी पूर्वराष्ट्रपति जमीनमा पछारिएका देखिन्छन् । उनको शरीरमा अनेकन टाटू हानिएको देखिन्छ । नारा कोरिएका छन् । त्यसमाथि ट्वीटरको चरा पनि बसेको देखिन्छ ।
A 10-second video clip sold for $6.6 million: A new type of digital asset known as a non-fungible token (NFT) has exploded in popularity as enthusiasts and investors scramble to spend money on items that only exist online https://t.co/2wrD4iFdkS pic.twitter.com/3St8ERSllo
— Reuters (@Reuters) March 1, 2021